पूर्व माओवादीबाट आएका २३ नेता एमाले केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं । नेकपा एमालेको केपी शर्मा ओली पक्षको केन्द्रीय समितिको भेलाले पूर्व माओवादी बाट एमाले तर्फ आएका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । आज बसेको ओली पक्षको केन्द्रीय समितिको बैठकले पूर्व माओवादी पक्षका २३ जनालाई केन्द्रीय समितिमा नियुक्त गरेको हो ।

‘बादलजी लगायतका २३ जना नेताहरु हामीतिरै रहने भन्नुभयो अनि उहाँहरुलाई एमालेमा आज नियुक्त गरिएको छ’, एक स्थायी समिति सदस्यले भने। ओली सरकारमा गृहमन्त्री रहेका रामबहादुर थापासहित टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, गौरीशंकर चौधरी लगायतका नेताहरु माओवादी केन्द्रमा नफर्की ओली पक्षमै रहने निर्णय गरेका थिए ।

प्रतिक्रिया