एमालेको केन्द्रीय कमिटि बैठक आइतबार दिउँसो १ बजे बस्ने

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटि बैठक बोलाएको छ । आगामी आइतबार (चैत १ गते) दिउँसो १ बजे बस्ने गरी केन्द्रीय कमिटिको बेठक बोलाइएको एमालेका एक स्थायी कमिटि सदस्यले जानकारी दिए।

सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई ब्यूँताएपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटिको बैठक बस्न लागेको हो । पार्टीको माधव नेपाल समूहको भेलाले केन्द्रीय कमिटि बैठक माग गरेको थियो।

प्रतिक्रिया