बजेट निर्माणको तयारी

काठमाडौं । अर्थमन्त्रालय तथा मातहतका निकाय आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटको निर्माणको तयारीमा लागेका छन । राष्ट्रिय योजना आयोगले आगामी आवको बजेट निर्माणको लागि भन्दै बजेट तर्जुमा दिग्दर्शनमा भएको ढाँचा अनुसार मन्त्रालय एवं निकायलाई आवश्यक सुझाव र सिलिङ पठाउन पत्राचार गरेको छ । आयोगले अर्थलाई आगामी आवको बजेटको सिलिङ समेत पठाइसकेको छ ।

अर्थ मन्त्रालयलेको राजस्व परामर्श समितिको गैर कर राजस्व उप समितिले सूचना नै जारी गरेर आगामी आव २०७८/०७९ को आर्थिक ऐन तथा बजेट तर्जुमा सन्दर्भमा गैर कर राजस्व प्रणाली सुधारका विषयमा नीतिगत र कानूनी सुधार, प्रकृयागत सरलीकरण सम्बन्धी सुझाव पठाउन आग्रह गरेको छ ।

उप समितिका अनुसार१० चैत भित्र आवश्यक सुझाव सम्बन्धित संघ संस्था, सरकारी निकाय तथा सरोकारवाला सबैलाई आग्रह गरेको पनि अर्थले जनाएको छ । आगामी आवको बजेट लेखनको जिम्मेवारी आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख डा. रामप्रसाद घिमिरेलाई दिइएको छ । घिमिरेको नेतृत्वको समूहमा राजस्व व्यवस्थापन महाशाखा प्रमुख रामेश्वर दंगाल, बजेट तथा कार्यक्रम महाशाखा प्रमुख धनीराम शर्मा र योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वयन महाशाखा प्रमुख श्रीकृष्ण नेपाल रहेका छन ।

प्रतिक्रिया