१ लाख ५० हजार घूससहित कर अधिकृत पक्राउ

धनुषा । आन्तरिक राजस्व कार्यालय जनकपुरधाम धनुषामा कार्यरत कर अधिकृत रमेश ढकाल घूससहित पक्राउ परेका छन् । सेवाग्राहीसँग अन्तःशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनको लागि घुस माग गरी आरएन मेनेजमेन्ट अकाउण्ट कन्सल्टेन्सीका प्रोप्राइटर नविन कुमार कर्णलाई लिन लगाएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

प्रतिक्रिया