प्रधानमन्त्री ओली प्रतिनिधिसभा बैठक सुरु नहुँदै बाहिरिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज प्रतिनिधिसभाको बैठक सुरु नहुँदै बाहिरिएका छन् । बैठकको कार्यसूचीका सम्बन्धमा सभामुख, दलका नेता र कानूनमन्त्रीबीच छलफल चलिरहेको समयमा प्रधानमन्त्री ओली बाहिरिएका हुन् ।

यही फागुन २३ गते पनि प्रधानमन्त्री ओली प्रतिनिधिसभा बैठक सुरु नहुँदै बाहिरिएका थिए । आजको प्रतिनिधिसभामा केही संसद दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया