प्रभावशाली महिलामा दीपिका

मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोणलाई परोपकारी काममा भाग लिएकोमा प्रशंसा गरिएको छ । चलचित्रमार्फत समाजमा पु¥याएको योगदानबापत् २०२१ को भेराइटी इन्टरनेसनल वुमन इम्प्याक्ट रिपोर्टमा उनको नाम समावेश गरिएको छ । चर्चित भेराइटी म्यागेजिनले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विश्वभरका प्रभावकारी व्यक्तिको सूचीसहित रिपोर्ट तयार गर्ने गर्छ । जसमा परोपकारी काममा लागेको भन्दै दीपिकाको प्रशंसा गरिएको छ । लिभ लाफ लभ फाउन्डेसनमार्फत उनले २०१५ देखि नै मानसिक समस्या भोगिरहेका मानिससँग संवाद सुरु गरेकी थिइन् । रिपोर्टमा लेखिएको छ, ‘बलिउड अभिनेत्री पादुकोणले एसिड हमलाबाट बाँचेकी महिलाका विषयमा एक सामाजिक फिल्म ‘छपाक’ निर्माण तथा अभिनय गरेकी छन् ।’

भेराइटी म्यागेजिनसँगको कुराकानीमा दीपिकाले भाग्यवस् आफूले बजेट वा अन्य कारणले कुनै पनि चलचित्र खेल्ने निर्णय लिनु नपरेको जनाएकी छन् । उनले भनेकी छन्, ‘मैले फिल्म खेल्ने निर्णय आफ्नो जीवनमा म भावनात्मक रुपले कहाँ छु भन्ने विषय गर्छ । मेरा सबै रोजाई यही कुराले गर्छ ।’ उनी भारतीय चलचित्र जगतमा सम्मानित र रुचाइएकी अभिनेत्रीमा पर्छिन् । उनी समाजसेवा र सामाजिक चलचित्रका कारण बेलाबेलामा चर्चामा आइरहन्छिन् । उनको चलचित्र यात्रा १४ वर्षअघि कन्नड चलचित्र ‘ऐश्वर्य’ मार्फत सुरु भएको थियो । उनको सन् २००७ मा प्रदर्शनमा आएको ‘ओम शान्ति ओम’ पहिलो बलिउड चलचित्र थियो । यसैमार्फत उनले उत्कृष्ट डेब्यु अभिनेत्रीको अवार्ड हात पारेकी थिइन् ।

प्रतिक्रिया