अर्थबजार

सुनको मुल्यमा गिरावट

सौर्य अनलाइन २०७७ फागुन २५ गते ११:२९ मा प्रकाशित

काठमाडौं । सुनको भाउ आज ६ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा ८५ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलामा ८६ हजार २ सय रुपैयाँमा थियो । महासङ्घकाअनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा अस्थिरता आएकाले नेपाली बजारमा पनि सुनको भाउमा उतारचढाव आइरहेको छ ।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय