त्रिशुलीमा ट्रक खस्दा दुई जनाको मृत्य

धादिङ । धादिङको बेनी घाटमा ट्रक दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । रुपन्देहीबाट सिमेन्ट लिएर काठमाडौं आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा मंगलबार बिहान काभ्रेको बनेपा नगरपालिका नाला घर भएका चालक ४५ वर्षीय विष्णु घिमिरे र सोही ठाउँका सहचालक २८ वर्षीय सुमन सञ्जेलको मृत्यु भएको हो ।

दुवैको ट्रकले थिचेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका सूचना अधिकृत प्रहरी निरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त ट्रक पृथ्वीराजमार्ग बेनिघाट रोराङ गाउँपालिका १० स्थित तिङग्राङखानीबाट अन्दाजी ३० मिटर तल त्रिशुली नदिमा खसेको हो

अहिले ईलाका प्रहरी कार्यलय गजुरी, प्रहरी चौकी जोगिमारा र शशस्त्र प्रहरी बलद्वारा खटिगएको टोलीले शवलाई पोस्ट्रमाटमका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी ल्याईएको समेत प्रहरी निरिक्षक पाण्डेले जनाए ।

प्रतिक्रिया