‘सर्वोच्चको फैसलाले आत्मसमिक्षाको ठाउँ दिएको छ’

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतको फैसलाले सबै नेताहरुलाई आत्मसमिक्षाको अवसर दिएको बताएका छन् । सर्वोच्च अदालतले ऋषी कट्टेलको नेकपालाई आधिकारिकता दिएर एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि पोखरेलले फेसबुकमार्फत् यस्तो प्रतिक्रिया दिएका हुन् ।

नेतृत्वको स्वार्थ केन्द्रित टकरावले यसअघि नै एकताको मर्म मरिसकेको टिप्पणी गर्दै ओली निकट पोखरेलले जिम्मेवार बन्न नेताहरुलाई आग्रह गरेका छन् ।’नेतृत्वको स्वार्थी टकरावले एकताको मर्म मरेकै थियो । सर्वोच्चको फैसलाले आत्मसमिक्षाको ठाउँ दिएको छ । जिम्मेवार बनौं,’ उनले लेखेका छन् ।

प्रतिक्रिया