सृष्टि बनिन् सुपर प्लस

काठमाडौ । यस वर्षको ‘सुपर प्लस साइज मोडल नेपाल, २०२० सिजन–३’ को उपाधि सृष्टि उप्रेतीले हात पारेकी छन् । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतिस्पर्धामा उनले उपाधिसँगै विभिन्न आकर्षक उपहार जितेकी छन् । प्रतियोगितामा स्मृति अधिकारी ‘फस्ट रनर अप’ बनिन् । विधागततर्फ सृष्टि उप्रेती ‘मस्ट फोटोजेनिक’, रोजिना राई ‘मस्ट इन्थुजियास्टिक’, कृष्णा कोइराला ‘मस्ट स्मार्ट’, प्रेरणा राजवंशी ‘मस्ट इन्टेलिजेन्ट’, रोजिना राई ‘मस्ट भ्युअर्स च्वाइस’, सृष्टि उप्रेती ‘मस्ट चार्मिङ’ र ‘मस्ट ट्यालेन्ट’, स्मृति अधिकारी ‘मस्ट कन्फिडेन्ट’, सिर्जना आले मगर ‘बेस्ट पर्सनालिटी’, कृष्णा कोइराला ‘अडियन्स च्वाइस’ र ‘पब्लिक च्वाइस’ घोषित भए ।

आयोजक डेविलसिंह राजपुतले प्लस साइज (मोटोपन) भएर निराश भइ बसेका महिलालाई लक्षित गर्दै उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता अभिवृद्धि गरी समाजमा सकारात्मक संदेश फैलाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताए । रोजिन शाक्यले सञ्चालन गरेको प्रतियोगिताको प्रमुख अतिथि पूर्वसूचना तथा सञ्चारमन्त्री तथा सांसद डा. मिनेन्द्र रिजाल रहेका थिए । प्रतियोगिताको निर्णायकमा हिसानका केन्द्रीय उपाध्यक्ष, काठमाडौं भ्याली स्कुल एण्ड कलेजका अध्यक्ष डा. स्वागत श्रेष्ठ, भिएस निकेतन स्कुलकी प्रधानाध्यापक संगीता श्रेष्ठ, गायक सिताराम पोख्रेल र ¥यापर तथा सञ्चारकर्मी एनएसके निर्णय श्रेष्ठ रहेका थिए ।

प्रतिक्रिया