साओमीको एमआई टेन मोवाइल

काठमाडौं । साओमीले निकट भविष्यमा आफ्नो एमआइ टेन फ्ल्यागशिपको नयाँ भेरियन्ट सार्वजनिक गर्ने भएको छ । चिनियाँ इ–कमर्श वेबसाइट जेडी डट कममा समेत यसलाई सूचीकृत गरिसकेको छ । गत वर्षमा सार्वजनिक भएको एमआइ टेन स्मार्ट फोनभन्दा यसको डिजाइन अलग छ । यो साओमी टे अल्ट्रासँग मिल्दोजुल्दो हुनसक्ने अनुमान गरिएको छ । यसमा स्न्यापड्रागन ८७० चिपसेट हुनसक्ने अपेक्षा छ । यसअघि स्न्यापड्रागन ८६५ प्रोसेसर सहितको स्मार्टफोन सार्वजनिक भएको थियो । साओमीले गत साता मात्रै छिमेकी मुलुक भारतमा रेडमी नोट टेन सिरिज सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया