पाटाको ४४ औँ वार्षिक साधारण सभा

काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको ४४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कोभिड–१९ का कारण सिर्जित विषम् परिस्थिति र चुनौतीले थलिएको पर्यटन क्षेत्रको प्रवद्र्धन अभियानमा नेपाली ‘सेलिब्रेटी’ सेफ सन्तोष साहले पु¥याएको अतुलनीय योगदानको सम्मान स्वरुप पाटा नेपालले साधारण सभाको प्रमुख वक्ताको रुपमा सेफ साहलाई नेपाल आमन्त्रण गरेको थियो ।

सेफ साहले वेलायतको प्रतिस्ठित बिबिसी मास्टरसेफ द प्रोफेसनल्स् २०२० को उपविजेताको रुपमा नेपालको रैथाने खानालाई प्रसिद्ध एवं आकर्षक खानाको रुपमा विश्वव्यापी प्रवद्र्धन एवं प्रमाणिकरण गर्न अतुलनीय भूमिका निर्बाह गरेका थिए । कार्यक्रममा साहले नेपाललाई कोभिड–१९ पछिको परिवेषमा स्वास्थ्य सुरक्षा एवं संस्कृति र खानाको आकर्षक गन्तव्यको रुपमा पहिचान स्थापित गराउन नेपालको निजी तथा सार्वजनिक पर्यटन क्षेत्रमा आवद्ध व्यवसायी तथा सरोकारवालालाई खाद्य स्वच्छता एवम् गुणस्तरीय आवास सुनिश्चितता गरी प्रमुख दुईवटा पक्षमा विशेष जोडदिन अनुरोध गरे । सो अवसरमा लाईफ टाईम अचिभमेन्ट अवार्ड , टुरिजम ट्रेल ब्लेजर’ अवाड, बेस्ट स्टुडेन्ट च्याप्टर अफ द ईयर २०२० तथा पाटा पर्सनालिटि अफ द ईयर २०१८ प्रदान गरिएको थियो ।

प्रतिक्रिया