प्रतिनिधिसभामा भीम रावलको प्रश्न : प्रधानमन्त्रीको कुन पार्टी हो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समूहका नेता तथा सांसद भीम रावलले प्रधानमन्त्रीको पार्टी कुन हो भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको सातौँ अधिवेशन आज बसेको बैठकमासर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेसँगै सांसद रावलले प्रधानमन्त्री कुन पार्टीको हो भन्दै सो प्रश्न गरेका हुन् ।

संसद विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसला अनुसार संसद बैठक बस्ने दिन नै सर्वोच्च अदालतले नेकपाको नाम विवादमा फैसला गरेको थियो । प्रतिनिधिसभामा सरकारको तर्फबाट कुनै पनि अध्यादेश आउनुअघि प्रधानमन्त्रीले कुन पार्टीको प्रतिनिधित्व गर्नुहुन्छ भन्ने प्रष्ट भन्नुपर्ने सांसद रावलले बताए ।

सांसद रावलले विषेश समय लिएर कार्यसूचीमा अध्यादेश आएको भन्दै विरोध पनि गरे । सर्वोच्चको फैसला कानुनी हो कि राजनीतिक हो भन्ने विचार विमर्ष गर्नुपर्ने उनले बताए । उनले भने, ‘नेकपा होइन भने वर्तमान प्रधानमन्त्री कुन पार्टीको हो ?’

प्रतिक्रिया