कृष्ण भण्डारीले ल्याए नयाँ भजन ‘जय शिव शंकर’

काठमाडौं । भजन गायक कृष्ण भण्डारीले शिवरात्रीलाई मध्यनजरगर्दै शिव भगवानको भजन सार्वजनिक गरेका छन् । शिवरात्री नजिकिंदै गर्दा भक्तजनहरुले राखेको भजनको अपेक्षा पूरा गर्न शिवजीको भजन ल्याएको गायक भण्डारीले बताए । जय शिव शंकर बोलको भजनमा स्वर, शब्द संगीत, भण्डारी आफैले दिएका छन्। भजनको एरेन्ज जोनि योन्जन तामङ्गको रहेको छ । भजनलाई कृष्ण भण्डारी नामको च्यानलबाट सार्वजनिक गरिएको छ भने गायक भण्डारीको कृष्ण काले नक्कले लगायत थुप्रै भजनहरु चर्चित छन ।

प्रतिक्रिया