घिमिरे पुरस्कृत

काठमाडौं । नेपाली वाङ्मयका क्षेत्रमा योगदान दिएको भन्दै साहित्यकार रमण घिमिरेलाई पुरस्कृत गरिने भएको छ । वासु शशी स्मृति परिषद्को हालै बसेको बैठकले साहित्यकार घिमिरेलाई ‘कुमार–सरस्वती साहित्य पुरस्कार–२०७७’ प्रदान गर्ने निर्णय गरेको हो । घिमिरेले विगत चार दशकदेखि नेपाली भाषा, साहित्य तथा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएका छन् ।

उनका ‘एक दर्जन एक’, ‘अर्थात् हामी’ र ‘सूत्रधार’ नामक निबन्ध संग्रह प्रकाशित छन भने दुई सयभन्दा बढी गीत रेकर्ड भएका छन् । परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले साहित्यकार घिमिरेलाई सर्वसम्मतिले पुरस्कृत गर्ने निर्णय गरेको हो । उक्त सम्मान तथा पुरस्कार वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८५औं जन्मजयन्तीको अवसरमा आगामी १३ चैतमा प्रदान गरिने पुरस्कारको राशि २५ हजार रहेको परिषद्का सचिव प्रद्युम्न जोशीले बताए ।

प्रतिक्रिया