‘बि’ डिभिजन लिग ब्वाइज युनियनको संघर्षपूर्ण जित

काठमाडौं । ’बी’ डिभिजन लिगअन्तर्गत शनिबार भएका खेलमा उपाधि होडमा रहेको खुमलटार युथ क्लब श्री भगवती युथ क्लबसँग पराजित भएको छ भने ब्वाइज युनियन क्लबले टुसाल युथ क्लबलाई हराएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को मैदानमा भएको खेलमा खुमलटार श्री भगवतीसँग २–१ ले पराजित भयो । ब्वाइज युनियनले टुसालमाथि १–० को संघर्षपूर्ण जित निकाल्यो ।

सुरुवाती अग्रता जोगाउन नसक्दा खुमलटार पराजित भएको हो । खेलको २६औँ मिनेटमा सविन केसीले गोल गर्दै खुमलटारलाई अग्रता दिलाएका थिए । तर, खेलको ४१औँ मिनेटमा डोना थापाले गोल गर्दै श्री भगवतीलाई १–१ को बराबरीमा ल्याए । खेलको ८४औँ आशिष श्रेष्ठले गोल गर्दै श्री भगवतीलाई २–१ को जित दिलाए । जितसँगै श्री भगवतीले १० खेलबाट १२ अंक जोडेको छ । समान खेलबाट २२ अंकसहित खुमलटार लिगको दोस्रो स्थानमा छ । हारसँगै खुमलटारले शीर्ष स्थानको सातदोबाटोसँग अंक बराबरी गर्ने मौका गुमायो ।

प्रतिक्रिया