महिला हस्तकला मेला सुरु

काठमाडौं । हस्तकला प्रवद्र्धन, महिला सशक्तिकरणको सम्वद्र्वन भन्ने नाराका साथ १ सय ११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा शनिबारदेखि ललितपृुरमा महिला हस्तकला मेला सुरु भएको छ । ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा ललितपुर महानगर परिसरमा मेलाको उद्घाटन गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले हस्तकला उद्यमशिलता प्रवद्र्धनका लागि महानगरपालिकाले सयौं व्यक्तिलाई तालिम दिएपनि उनीहरु हस्तकला व्यवसायमा नलागी नोकरीका लागि भौतारिने गरेको भन्दै असन्तुष्टी व्यक्त गरे ।

महर्जनले भने,‘हस्तकला उद्यशीलता प्रवद्र्धनका लागि हामीले तालिम, गोष्टीमा धेरै खर्च ग¥यौं तर तालिम लिनेहरु उद्यमशिलतातर्फ नलागि नोकरी खोज्दै हिँड्ने गरेको पाइयो, अब महानगरपालिकाले यस्ता उपलव्धी विहीन तालिम गोष्टीमा खर्च गर्ने छैन ।’ उनले हस्तकलाको प्रवद्र्धनका लागि महानगरपालिका परिसरमा हप्तैपिच्छे मेला आयोजना गर्न महानगरपालिकाले मेलास्थल निशुल्क उपलव्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरे ।

महानगर परिसभित्र मात्र नभइ ललितपुरका सडक परिसरमा समेत रातको समयमा हाट बजार संचालन गरी आफ्नो उत्पादनको प्रवद्र्धन गर्न सकिने उनको भनाइ थियो । महानगरपालिकाले मुख्य सडक तथा बजार क्षेत्रमा रातको समयमा पनि लाइटको व्यवस्था गरेका कारण रातको समयमा पनि दिनमा जस्तै उज्यालो हुने भएकोले रातको समयमा पनि हाट बजार संचालन गर्न सकिने उनले जानकारी दिए । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद बिक्रम राणाले निर्यात व्यापारमा नेपाली हस्तकलाको महत्वपूर्ण भूमिका रहेको भन्दै आगामी दिनमा महिला हस्तकला उद्यमीसँग पनि मेला, प्रदर्शनीहरुमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।
नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्यले कोरानाका कारण सिथिल बनेको हस्तकला प्रवद्र्र्धनमा मेलाबाट थप टेवा पुग्ने विश्वास व्यक्त गरे । मेला संयोजक सविता सिंह महर्जनले कोरोनाबाट थलिएको हस्तकलाको प्रवद्र्धनका लागि मेला आयोजना गरिएको बताए । उनले मेलामा करिब ५० स्टल रहेको जानकारी गराउँदै उत्कृष्ट एक स्टललाई पुुस्कृत गरिने घोषणासमेत गरे

काठमाडौं । हस्तकला प्रवद्र्धन, महिला सशक्तिकरणको सम्वद्र्वन भन्ने नाराका साथ १ सय ११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा शनिबारदेखि ललितपृुरमा महिला हस्तकला मेला सुरु भएको छ । ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा ललितपुर महानगर परिसरमा मेलाको उद्घाटन गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले हस्तकला उद्यमशिलता प्रवद्र्धनका लागि महानगरपालिकाले सयौं व्यक्तिलाई तालिम दिएपनि उनीहरु हस्तकला व्यवसायमा नलागी नोकरीका लागि भौतारिने गरेको भन्दै असन्तुष्टी व्यक्त गरे ।

महर्जनले भने,‘हस्तकला उद्यशीलता प्रवद्र्धनका लागि हामीले तालिम, गोष्टीमा धेरै खर्च ग¥यौं तर तालिम लिनेहरु उद्यमशिलतातर्फ नलागि नोकरी खोज्दै हिँड्ने गरेको पाइयो, अब महानगरपालिकाले यस्ता उपलव्धी विहीन तालिम गोष्टीमा खर्च गर्ने छैन ।’ उनले हस्तकलाको प्रवद्र्धनका लागि महानगरपालिका परिसरमा हप्तैपिच्छे मेला आयोजना गर्न महानगरपालिकाले मेलास्थल निशुल्क उपलव्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरे ।

महानगर परिसभित्र मात्र नभइ ललितपुरका सडक परिसरमा समेत रातको समयमा हाट बजार संचालन गरी आफ्नो उत्पादनको प्रवद्र्धन गर्न सकिने उनको भनाइ थियो । महानगरपालिकाले मुख्य सडक तथा बजार क्षेत्रमा रातको समयमा पनि लाइटको व्यवस्था गरेका कारण रातको समयमा पनि दिनमा जस्तै उज्यालो हुने भएकोले रातको समयमा पनि हाट बजार संचालन गर्न सकिने उनले जानकारी दिए । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद बिक्रम राणाले निर्यात व्यापारमा नेपाली हस्तकलाको महत्वपूर्ण भूमिका रहेको भन्दै आगामी दिनमा महिला हस्तकला उद्यमीसँग पनि मेला, प्रदर्शनीहरुमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्यले कोरानाका कारण सिथिल बनेको हस्तकला प्रवद्र्र्धनमा मेलाबाट थप टेवा पुग्ने विश्वास व्यक्त गरे । मेला संयोजक सविता सिंह महर्जनले कोरोनाबाट थलिएको हस्तकलाको प्रवद्र्धनका लागि मेला आयोजना गरिएको बताए । उनले मेलामा करिब ५० स्टल रहेको जानकारी गराउँदै उत्कृष्ट एक स्टललाई पुुस्कृत गरिने घोषणासमेत गरे ।

प्रतिक्रिया