आयल निगम थानकोट डिपोको रि–इन्जिनियरिङ परियोजनाको उद्घाटन

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका ३ को थानकोटमा रहेको नेपाल आयल निगमको बागमती प्रादेशिक कार्यलयमा रहेको रि–ईन्जिनियरिङ् परियोजनाको पथम चरण अन्तर्गत थानकोट डिपोमा रहेको रि–इन्जिनियरिङ परियोजनाको उद्घाटन भएको छ । परियोजनाको उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्टले एक विशेष कार्यक्रमसहित उद्घाटन गरेका हुन् ।

निगमको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत डिपोलाई आधुनिकिकरण गरेर स्तरोन्नति गर्ने उदेश्यले अन्तराष्ट्रिय मापदण्ड अनुसार सुरक्षाका उपाय एंव प्रविधिहरु अपनाई रि९ईन्जिनियरिङ्ग परियोजनाको प्रथम चरणका योजनाहरु सम्पन्न गरिएको डिपोले जनाएको छ ।

२०२७ सालमा पेट्रोलियम पदार्थको आयात, भण्डारण तथा बिक्रि वितरणको काम गर्ने उदेश्यले आयल निगमको स्थापना भएसँगै नेपालभर निगमका क्षेत्रिय कार्यलयहरु स्थापना हुन थालेको थियो । क्षेत्रिय कार्यलयहरु स्थापना गर्ने क्रममा २०५८ सालमा निगमको इन्धन डिपो थानकोटको स्थापना भएको हो ।

झण्डै १०६ रोपनी क्षेत्रफलमा फैलिएको डिपो परिसरमा डिजेल ८ हजार ४ सय किलोलिटर, पेट्रोल ६ हजार ७० किलोलिटर, मट्टितेल ७६० किलोलिटर भण्डार गर्न सक्ने क्षमताका ट्यांकहरु छन् ।

अहिलेसम्म पेट्रोलियम पदार्थको बिक्रि परिमाण अत्याधिक बढेको भएपनि भण्डारण क्षमताको बृछि हुन सकेको थिएन । डिपोबाट अहिले बाग्मती प्रदेशका १० वटा जिल्लामा रहेका १८० पेट्रोल पम्पहरुबाट पेट्रोलियम पदार्थको बिक्रि हुँदै आएको छ ।

अहिले भारतको बरौनी र नेपालको अमलेखगंज डिपोबाट डिजेल, पेट्रोल र मट्टितेल आयात गरेर बिक्रि वितरणको व्यवस्थासमेत मिलाईएको डिपोले जनाएको छ । पेट्रोलियम पदार्थको माग हरेक वर्ष १० प्रतिशतका दरले बढ्दै गैरहेको छ । अहिले औषत दिनको झण्डै ७ सय किलोलिटर पेट्रोल, ९ सय किलोलिटर डिजल र सरदर औषत ९ किलोलिटर मट्टितेल बिक्रि हुँदै आएको छ ।

परियोजनाको पथम चरण अन्तर्गत थानकोट डिपो रि–इन्जिनियरिङ परियोजनाको उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तथा निगम संचालक समितिका अध्यक्ष दिनेश भट्टराई, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, सह९सचिव निगम संचालक समितिका पदाधिकारी, निगमका कार्यकारी निर्देशक, निगमका नायव कार्यकारी निर्देशक ,निर्देशकहरु तथा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोशिएसनका अध्यक्ष, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष, बागमती पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष, काभ्रे पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्षलगायत व्यक्ति सहभागि भएका थिए ।

प्रतिक्रिया