खोजखबर

‘मलाई प्रधानमन्त्री हुने चाहना छैैन’

सौर्य अनलाइन २०७७ फागुन २२ गते ११:१९ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन् । कांग्रेसका युवा नेता तथा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरद्वारा लिखित महाकाण्ड नामक पुस्तक विमोचन समारोहमा उनले भने, ‘म प्रधानमन्त्रीको रेसमा छैन । प्रतिपक्षी सरकारमा जानुहुन्न भन्नेहरु पनि छ। प्रतिपक्षी गभर्मेन्ट इन वेटिङ हो । तर पनि मलाई प्रधानमन्त्री हुने चाहना छैन ।’

काँग्रेसमा सरकार जाने कि नजाने भन्ने विषयमा बहस चलिरहेको बेला देउवाले सरकार जान नचाहेको बताएका हुन् । यस्तै उनले अदालतमा विचाराधीन मुद्दामा आन्दोलन गर्न नुहनेमा आफू सुरुदेखि नै स्पष्ट रहेको पनि बताए ।

उनले भने, ‘संसदीय व्यवस्थापनमा अदालतलाई यो गर उ गर भनेर सडकमा आन्दोलन गरिए व्यवस्था नै नरहने खतरा हुन्छ । त्यसैले मैले अदालतलाई यो गर त्यो भन्नुहुँदैन भनेको हुँ । यसमा म प्रतिबद्ध छु ।’ कार्यक्रम देउवा निवास बूढानीलकण्ठमा भएको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय