ओली पक्षका दुई सांसद दाहाल–नेपालतिर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका दुई सांसद दाहाल–नेपाल समूहको संसदीय दल‍को बैठकमा उपस्थित भएका छन्। सांसद माया ज्ञवाली र गंगा चौधरी नेकपा दाहाल–नेपाल समूहको संसदीय दलको बैठकमा उपस्थित भएका हुन्।

उनीहरु यसअघि ओली समूहमा रहेका थिए। नेकपा संसदीय दलको कार्यालय सिंहदरबारमा उक्त समूहको संसदीय दलको बैठक बसेको छ।

प्रतिक्रिया