नेकपा दाहाल–नेपाल समूहको संसदीय दलको बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहको संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित् दलको कार्यालयमा बैठक सुरु भएको हो । आजको बैठकमा उपस्थित् सांसदहरुको हस्ताक्षरसहित दाहाल नेपाल समूह निर्वाचन आयोग जाने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेबारे छलफल हुने बुझिएको छ । संसद् बैठक यही फागुन २३ गते बस्ने भएको छ ।

प्रतिक्रिया