‘प्रधानमन्त्रीले राजीनामा दिए एकताको सम्भावना छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले विभाजित नेकपामा एकता प्रयास भइरहेको बताएका छन् । प्रेस संगठन ताप्लेजुङले आयोजना आज शुक्रवार गरेको पत्रकार भेटघाट कार्यक्रमा उनले नेकपा एकताका लागि उच्च पदका नेताले त्याग गर्न सक्नुपर्ने बताए । उनले भने, “एकता हुने सम्भावना जीवित छ, सबै संगठन एकताको पक्षमा छन्, सबैसँग कुरा भइरहेको छ ।”

एकताका लागि पहिलो सूत्र भनेकै त्याग भएको उनले बताए । नेकपा एकताका लागि प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने पहिलो आधार रहेको उनको जिकिर थियो । प्रचण्ड नेपालले पनि प्रधानमन्त्री बन्नेतिर नलागेर दोस्रो पुस्तालाई नेतृत्व दिए पार्टी एकता हुनसक्ने उनले बताए । नेता भट्टराईले नेपाल पत्रकार महासंघको भवन निर्माण गर्न व्यक्तिगततर्फबाट एक लाख दिने र आउँदा बजेटबाट दश लाख विनियोजन गर्ने उनले प्रतिबद्धता जनाए । – रासस

प्रतिक्रिया