रसुवागढी नाका आजबाट सञ्चालनमा

काठमाडौं । माघ २९ गतेदेखि बन्द रहेको नेपाल–चीन व्यापारिक नाका रसुवागढी आजबाट सञ्चालनमा आएको छ । ल्होसारका कारण बन्द भएको चीनसँग जोड्ने यो नाका आजबाट खुला गरिएको हो ।

रसुवा भन्सार कार्यालय प्रमुख राम प्रसाद रेग्मीका अनुसार नेपाली व्यवसायीको सामान बोकेका ७ वटा कन्टेनर केरुङबाट नेपालतर्फ आउँदै छन् । नाका खुल्ने सम्बन्धी जानकारी चिनियाँ अधिकारीहरुले बिहीबार बेलुकी नेपाल पक्षलाई गराएका थिए ।

भन्सार प्रशासन खुल्लै रहे पनि कामदार छुट्टीमा गएपछि २३ दिनदेखि नाकाको व्यापार ठप्प बनेको थियो । नाका खुलाउनेबारे चिनियाँ पक्षले कुनै जानकारी नदिएपछि चीनबाट गर्मीका लत्ताकपडा ल्याउँदै गरेका व्यापारीहरु चिन्तित बनेका थिए । यो वर्ष कोरोना भाइरस तथा प्राकृतिक विपत्तिका कारण चीनतर्फको नाकामा पटकपटक अवरोध भइरहेको छ ।

प्रतिक्रिया