कुमारी र केसीएम आईटी कलेज सम्झौता

काठमाडौं । कुमारी जब प्रालि र कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेसन टेक्नोलोजी (केसीएमआईटी) बीच सम्झौता भएको छ । विद्यार्थीलाई पढाइसँगै विभिन्न सीपमूलक जीवनउपयोगी तालिम तथा रोजगारीका लागि कुमारी जब र केसीएमआईटीबीच सम्झौता भएको हो ।कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारी र केसीएमआईटी कलेजका प्रिन्सिपल ललिता चन्दले सम्झौतापत्रमा हस्ताक्षर गरेका विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया