खेल-खेलाडी

पिएसएल स्थगित

सौर्य अनलाइन २०७७ फागुन २० गते २१:१९ मा प्रकाशित

कराँची । पाकिस्तान सुपर लिग (पिएसएल) २०२१ तत्कालको लागि स्थगित भएको छ । बिहिबार विहान थप तीन खेलाडीमा कोभिड–१९ संक्रमण देखिएपछि पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले अनिश्चित समयको लागि स्थगित गरेको जनाएको छ । ७ जनामा कोभिड १९ को संक्रमण देखिएपछि पिसिबीले बिहिबार आपतकालिन बैठकका साथ फ्रेन्चाइज टोलीसँग छलफल गर्दै स्थगित गरेको हो । ७ मध्य ६ खेलाडी रहेको पिसिबीले जनाएको छ ।

पिएसएल फेब्रुअरी २० सुरु भएको थियो । हालसम्म लिग चरणका १४ खेल सकिएका थिए । खेल तालिका अनुसार बिहिबार नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित लाहोर कलन्दर्सले इस्लामबाद युनाइटेडसँग खेल्ने कार्यक्रम थियो । सन्दीप पिएसएल खेल्न गत शनिबारमात्र कराँची तर्फ लागेका थिए । अफगानिस्तानका लेगस्पिनर राशिद खान राष्ट्रिय टोलीमा फर्किएपछि सन्दीपले मौका पाएका थिए ।

पिएसएलमा कराँची किंग्स ५ खेलमा ३ मा जित र २ मा हार सहित ६ अंकका साथ शीर्षस्थानमा छ । पेशावार जाल्मी ५ खेलमा ३ मा जित र २ मा हार सहित ६ अंकका साथ दोस्रा स्थानमा छ । इस्लामबाद युनाइटेड तेस्रो, लाहोर कलन्दर्स चौथो, मुल्तान सुल्तान पाँचौ र क्वेटा ग्याडियटर्स पुछारमा छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय