खेल-खेलाडी

शीर्ष चारमा पुग्न लिभरपुल र चेल्सीको होड

सौर्य अनलाइन २०७७ फागुन २० गते २१:१५ मा प्रकाशित

लण्डन । इंग्लिस प्रिमियर लिगमा आज राति विभिन्न ३ खेलमा प्रतिस्पर्धा हुँदा मर्सिसाइड क्लब लिभरपुलले घरेलु मैदानमा चेल्सीको सामना गर्दैछ । खेल बिहीबार राति एनफिल्डमा राति २ बजेपछि हुनेछ । घरेलु मैदानमा हुने खेलमा लिभरपुल चेल्सीलाई हराउदै चौथो स्थानमा उक्लने लक्ष्यमा हुनेछ । छैटौ स्थानमा रहेको लिभरपुल २६ खेलबाट ४३ अंक रहेको छ । चेल्सीलाई हराउन सके लिभरपुलले वेस्ट ह्याम युनाइटेड र चेल्सीलाई पछि पार्नेछ ।

टोलीसँग साडियो माने, मोहम्मद सलाह, रोबर्टाे फिर्मिनो, जर्जिन्हो वाइनाल्डम, थियागो अलकान्तरा, कर्टिस जोन्स, एन्ड्रिउ रोबर्टसन, नाथानिल फिलिप्स, एलेक्सान्डर अर्नाेल्ड र गोलरक्षक एलिसन बेकरको साथ रहेको छ । चोटका कारण डिएगो जोटा, फाविन्हो, जोएल मटिप लगायतका खेलाडी टोलीमा हुनेछैनन् । यता, चेल्सी पनि लिभरपुललाई उसकै मैदानमा हराउदै शीर्षचारमा पुग्ने लक्ष्यमा हुनेछ । चेल्सी २६ खेलबाट ४४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । चेल्सीसँग ट्याम्मी अब्राहम, टिमो वेर्नर, मासन माउन्ट, मार्काेस अलन्सो, माटियो कोभासिस, जर्गिन्हो, रिस जेम्स, एन्टेनियो रुडिगर, आन्द्रेस क्रिस्टेन्सेन, कप्तान सिजर एज्पिलिक्वेटा र गोलरक्षक इडुआर्ड मेन्डीको साथ रहेको छ ।

यि दुई टोलीको पछिल्लो २९ खेलको नतिजामा लिभरपुल ११ खेलमा विजयी भएको छ । ९ खेल चेल्सले आफ्नो पक्षमा पार्दा ९ खेल बराबरीमा सकिएको छ । पछिल्लोपटक लिभरपुलले चेल्सीलाई उसकै मैदानमा २–० ले पराजित गरेको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय