खेल-खेलाडी

‘बि’ डिभिजन लिग : श्री भगवतीको रोमाञ्चक जित

सौर्य अनलाइन २०७७ फागुन २० गते २०:५९ मा प्रकाशित

काठमाडौं । श्री भगवती क्लब टोखाले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा झम्सिखेल युथ क्लबमाथि रोमाञ्चक जित निकालेको छ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा श्री भगवतीले झम्सिखेल युथ क्लबमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । श्री भगवतीको जितमा नवराज गुरुङ र मोहन बहादुर थापा मगरले गोल गर्दा एक गोल उपहार पाएको थियो । झम्सिखेलका मदन स्याङ्तान र अनिश चौधरीले गोल फर्काए । खेलको ११औं मिनेटमा सुनिल शाहीको आत्ममघाती गोलबाट श्री भगवतीले अग्रता बनाएको थियो ।

३२औं मिनेटमा मदनले गोल गर्दै झम्सिखेललाई १–१ गोलको बराबरीमा ल्याए । ५६औं मिनेट नवराजले गोल गर्दै श्री भगवतीलाई २–१ ले अघि बढाए । ७०औं अनिशले गोल गर्दै झम्सिखेललाई २–२ गोलको बराबरीमा ल्याए । ८४औं मिनेटमा मोहनले गोल गर्दै श्री भगवतीलाई ३–२ को रोमाञ्चक जित दिलाए । जितसँगै श्री भगवती ९ खेलबाट ९ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित झम्सिखेल ९ खेलमा ६ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

एन्फा कम्प्लेक्समै भएको दोस्रो खेलमा आरसीटी र श्री कुमारीले १–१ को बराबरी खेले । अजित गुरुङले खेलको तेस्रो मिनेटमै गोल गर्दै आरसीटीलाई अग्रता दिलाएका थिए । तर २२औं मिनेटमा श्री कुमारीका युवराज राईले बराबरी गोल गरे । आरसीटी ९ खेलबाट १३ अंकसहित पाँचौ स्थानमा छ । समान खेलबाट ९ अंक रहेको श्री कुमारी नवौं स्थानमा छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय