‘विप्लव’ नेकपामाथिको प्रतिबन्ध हटाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि दुई वर्षअघि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ। बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवा गर्दै सरकारी र विप्लव पक्षबीच भएको सहमतिलाई अनुमोदन समेत गरेको छ।

सरकार र विप्लव पक्षबीच बिहीबार तीन बुँदे सहमति भएको थियो। सहमति अनुसार शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव चन्द काठमाडौंमा एउटै मञ्चमा देखिनेछन्।

२०७५ फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘विप्लव’ नेतृत्वको नेकपालाई आपराधिक समूहको संज्ञा दिँदै प्रतिबन्ध लगाएको थियो। सरकारले विप्लव नेतृत्वको नेकपालाई आपराधिक समूह घोषणा गर्दै नेता र कार्यकर्ता ‘जहाँ भेटिन्छन्, त्यहीँ पक्राउ गर्न’ निर्देशन दिएको थियो।

प्रतिक्रिया