विश्व

अफगानिस्तानमा हवाई कारबाहीमा २३ जना लडाकू मारिए

सौर्य अनलाइन २०७७ फागुन २० गते १६:५९ मा प्रकाशित

अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको काइसार र आल्मार जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध सेनाको लडाकू विमानद्वारारा गरिएको एक कारबाहीमा परी कम्तीमा २३ जना तालिबानी लडाकू मारिएको उत्तरी क्षेत्रका सेनाका प्रवक्ता मोहमद हानीफ रेजाई बताएका छन् ।

यस कारबाहीको क्रममा तालिबानतर्फका अन्य सात लडाकू घाइते भएका छन् । फर्याब प्रान्तमा सक्रिय रहेका तालिबान लडाकू समूहले यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय