अचानक खाली गरियो ताजमहल

आगरा । भारतको उत्तर प्रदेशको आगरास्थित ताजमहलमा फोनमार्फत बम राखिएको कुरा खबर गरिएपछि ताजमहल खालि गरिएको छ । उक्त खबरपछि सीआईएसएफले ताजमहलबाट अचानाक पर्यटकलाई बाहिर निकालिदिएको छ ।

त्यसका कारण पर्यटक र सीआईएसएफका जवानहरुबीच झडप समेत भएको छ । ताजमहलको मुख्य ढोकामा पर्यटक उभिएका थिए । यद्यपि भित्र मक ड्रिल चलाउने कुरा भइरहेको थियो ।

ताजमहलको दुवै ढोका बन्द गरेर पर्यटकलाई बाहिर निकालिएको थियो । अहिले ताजमहल बाहिर प्रहरी र भित्र सीआईएसएफद्वारा सर्च अपरेशन चलिरहेको छ ।

प्रतिक्रिया