सरकारले हटायो विप्लव समूहमाथिको प्रतिबन्ध

काठमाडौं । सरकारले प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्र बिक्रम चन्द (विप्लव) समूहमाथि लगाएको प्रतिबन्ध हटाएको छ । आज बसेको तेस्रो पटकको वार्तामा ३ बुँदे सहमति भएको वार्तामा संलग्न सदस्य राजन भट्टराईले बताए ।

साथै, भोलि (शुक्रबार) दिउँसो २ बजे एक कार्यक्रमकाबीच उक्त सहमति सार्वजनिक गर्ने उनको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रमसमेत तय गरिएको भट्टराईले जानकारी दिए ।

सरकारले २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएसँगै प्रहरीले विप्लव समूहका नेता(कार्यकर्तालाई जहाँ भेट्यो, त्यही पक्राउ गर्ने नीति अख्तियार गर्दै आएको थियो ।

हिँजो प्रधानमन्त्री निवास बालुवाटारमा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहको तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) बीच वार्ता सुरु भएलगत्तै गृह मन्त्रालयले समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया