टेलिकमको ४० रुपैया लाभांस

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले प्रतिकित्ता ४० रुपैयाँ नगद लाभांश दिने भएको छ । टेलिकमको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य नाफाबाट लगानीकर्तालाई उक्त नगद लाभांश दिने निर्णय गरेको हो । यो प्रस्तावित लाभांश नेपाल सरकारले स्वीकृत दिएपछि कम्पनीको आगामी वार्षिक साधारण सभामा लगिनेछ । सभाले अनुमोदन गरेपछि मात्र उक्त लाभांश वितरण गरिनेछ । अघिल्लो वर्ष टेलिकमले प्रतिकित्ता ४५ रुपैयाँ नगद लाभांश वितरण गरेको थियो ।

हाल यसको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ८० अर्ब ३७ करोड रुपैयाँ जम्मा छ । टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ अर्ब २८ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ ६ सय ३५ रुपैयाँ ८० पैसा रहेको छ ।

प्रतिक्रिया