‘सचिवालय सदस्य बाहेकका सांसदहरु स्वतन्त्र छलफल गराैं’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहका नेता जनार्दन शर्माले पार्टीको सचिवालय सदस्य बाहेकका सांसदहरुबीच स्वतन्त्र छलफलका लागि प्रस्ताव गरेका छन् । शर्माले पार्टी, आन्दोलन र जनताको पक्षमा के गर्दा हुन्छ भन्नेबारे स्वतन्त्र रुपले छलफल हुनुपर्ने प्रस्ताव गरेका हुन् ।

संसदको पुनर्स्थापना भएपछि प्रतिनिधिसभाका सांसदहरुले आफैमाथि उठेका प्रश्नहरुको जवाफ दिन आवश्यक रहेको बताउँदै जनमतको सम्मान र आफ्नो जनप्रतिनिधिको कर्तव्य समेत कसरी पूरा गर्ने भन्नेबारे स्वतन्त्र ढंगले छलफल गर्न आवश्यक भएको उनले बताए ।

शर्माले यो छलफल कुनै नेतृत्वको पक्षमा नभएर साझा सुझाव तयार गर्नलाई हुने बताउँदै भनेका छन्, ‘सचिवालय सदस्यहरु बाहेकका सांसदहरूले एउटा छलफल गरी आवश्यक निष्कर्षका लागि पहल गर्ने कुराको महसुस गरी पार्टी, आन्दोलन र जनताको पक्षमा के गर्दा हुन्छ भन्ने बारे स्वतन्त्ररुपले छलफल गर्न माननीयहरुमा हार्दिक अपिल गर्दछु’ ।

प्रतिक्रिया