मेलुङ हाइड्रोपावरको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल

काठमाडौं । मोलुग हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले मंगलबार आईपीओ निष्काशन तथा बिक्रीका लागि सनराइज क्यापिटलसँग सम्झौता भएको हो ।

कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरिने १ सय रुपैयाँ अकिंत ३५ लाख ३१ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो । जसमा आयोजना प्रभावित क्षेत्र ओखलढुंगाका वासिन्दाहरुका लागि ८ लाख २ हजार ५ सय कित्ता शेयर छुट्याएको छ ।

साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फवाट प्रबन्ध संचालक अमृत कुमार महर्जन तथा सनराइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच सम्झौता भएको हो ।

प्रतिक्रिया