शुक्रबार देखी ज्योति लाइफको आइपिओ

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले धितोपत्रको प्रारम्भिक निष्कासन (आईपीओ) को मिति परिवर्तन गरेको छ । कम्पनीले २१ फागुनबाट आईपीओे निष्कासन गर्ने भएको हो । यसअघि कम्पनीले २३ फागुनबाट प्रारम्भिक सार्वजनिक निष्कासन खुला गर्ने बताएको थियो । नियमित सेयर कारोबार खुल्ने दिनमा मेरो सेयरमा अधिक चाप पर्ने र त्यसले लगानीकर्तालाई ईडीआईएस गर्न समस्या हुने भएकाले शुक्रबारबाट मात्रै आईपीओे निष्कासन गर्न सीडीएससीले दिएको सुझावले अनुसार कम्पनीले आईपीओ निष्कासन मिति परिवर्तन गरेको हो । सीडीएससीले शुक्रबारबाट मात्रै आईपीओ निष्कासन मिति तोक्न यसअघि नै बिक्री प्रबन्धकहरुलाई आग्रह गरेको र २८ फागुनबाट प्राइम बैंकको ऋणपत्र निष्कासन हुन लागेकाले सीडीएससीको सुझावमा नेपाल धितोपत्र बोर्डले निर्देशन दिएर आईपीओ निष्कासन मितिअगाडि सारेका हो ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँबराबरको ६६ लाख कित्ता सेयर साधारण सेयर निष्कासन गर्न लगेको हो । जसमध्ये ५ प्रतिशत अर्थात तीन लाख ३० हजार सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात तीन लाख ३० हजार कित्ता नै कर्मचारीको लागि सुरक्षित गरेर बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो ।

प्रतिक्रिया