पूर्वमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक

काठमाडौं । पूर्वसूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक परेको छ। बाँस्कोटाका पिता हरिप्रसादको मंगलबार साँझ आफ्नै निवासमा निधन भएको उनका छोरीतर्फका नाति सरोज पौडेलले बताए।

‘उहाँको आज साँझ ५ बजे काभ्रेको मण्डन देउपुर–४ स्थित निवासमै निधन भएको हो,’ पौडेलले भने, ‘उहाँ ९४ वर्षको हुनुहुन्थ्यो।’ हरिप्रसादका चार छोरा र दुई छोरी छन्।

प्रतिक्रिया