प्रधानमन्त्री ओलीबाट पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोड नगरपालिका– ५ मा नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको आज उद्घाटन गरेका छन् । उनले अस्पताल परिसरमा रहेको शिलालेख अनावरण गरी अस्पताल उद्घाटन गर्नाका साथै कक्षहरु अवलोकन पनि गरे ।

बिर्तामोड निवासी दुर्गा प्रसाईँको रु ६ अर्ब निजी लगानीमा अस्पताल निर्माण भएको हो जसमा तीन सय शय्या छन् । करीब एक वर्षअघि नै सेवा सुरु गरेको अस्पतालको आज विधिवत् उद्घाटन भएको हो ।

एक वर्षको अवधिमा करीब दुई हजार सात सय बिरामीले अस्पतालबाट सेवा लिएका छन्, जसमध्ये करीब एक हजार तीन सय झापाकै बासिन्दा रहेको बताइएको छ ।

प्रतिक्रिया