सिद्धार्थ बैंकका कर्मचारी सहभागिता कार्यक्रमको नतिजा सार्वजनिक

काठमाडौ । सिद्धार्थ  बैक लिमिटेडले १८ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीको सहभागीतालाई मध्यनजर गर्दै कर्मचारी संलगन्ता प्रतियोगितामा सहभागीको नतिजा सार्वजनिक गरेका छ । सो प्रतियोगितामा देशभरबाट १ सय २४ जना बैंकका कर्मचारीले लेख, एनिमेशन भिडियो,टिकटक भिडियो र चित्रकलागरी कुल ४ वटा विधामा सहभागिता जनाएका थिए ।

उक्त कार्यक्रमको नतिजा बैंकले सोमबार सार्वजनिक गरेको हो । कार्यक्रममा बैंकका अधिकाशं कर्मचारीले डिजिटल्ली नै आफ्नो हाजिरी जनाएका थिए । विजेतालाई बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भु नाथगौतमले पुरस्कार हस्तान्तरण गरेका हुन ।

उनले सबै प्रतियोगिहरुलाई धन्यवाद ज्ञापन गर्दै यस्ता प्रतियोगिताले कर्मचारीको हौसला बढाउने तथा कर्मचारी माँझ हर्ष र उत्साह सृजना गर्ने भएकाले आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिदैँ जाने बताएको पनि बैकले जनाएको छ ।

प्रतिक्रिया