राष्ट्रपतिद्वारा नेदरल्याण्ड्सको लागि गैरआवासीय राजदूतमा राजभण्डारी नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिसमा बेल्जियमका लागि नेपालका आवासीय राजदूत गेहेन्द्र राजभण्डारीलाई नेदरल्याण्ड्सको लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी छन् ।

नेपाल सरकारका सिफारिसमा नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आज विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

प्रतिक्रिया