सुनको मूल्यमा ४०० ले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेंलो धातु सुनको मूल्यमा आज सामान्य सुधार भएको छ । अघिल्लो सातादेखि ओरालो लागेको सुनको मूल्य आइतबार पनि ओरालो नै लागेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि तय गरेको मूल्यसूची अनुसार सुन तोलामा रु ४०० ले उकालो लागेको छ । प्रतितोला रु ८८ हजार ३०० मा आइतबार कारोवार भएको छापावाला सुन आज भने रु ८८ हजार ७०० मूल्य कायम भएको छ ।

त्यसैगरी तेजाबी सुनको मूल्य आइतबार प्रतितोला रु ८७ हजार ८५० हजारमा कारोवार भएकामा आजका लागि रु ८८ हजार २५० कायम भएको महासंघले जनाएको छ ।

तोलामा रु एक हजार ३२५ मा आइतवार कारोवार भएको चाँदी आजको लागि भने रु पाँचले वृद्धि भई रु एक हजार ३५० मूल्य निर्धारण भएको छ ।

प्रतिक्रिया