हुलास स्टीलको नयाँ जस्तापाता

काठमाडौं । हुलास स्टील इन्डष्ट्रिजले नयाँ भेराइटीको जस्तापाताको उत्पादन सुरू गरेको छ । अष्ट्रेलियन प्रविधिको गल्भालुम कर्कटपाता उत्पादन थालेको हो । बजारमा यसलाई गल्भालुम र ड्युराकलरको नामबाट बिक्रीवितरण गरिने कम्पनीले जनाएको छ । कोल्डरोल्ड सिटमा ५५ प्रतिशत आल्मुनियम, ४३ दशलमव ५ प्रतिशत जिंक र १ दशलमव ५ प्रतिशत सिलिकन कोटिङ गरि उत्पादन हुने गल्भालुम कर्कटपाता अन्य पाताका तुलनामा ३ गुणा बढी टिकाउ हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दिवाकर गोल्छा कर्पोरेसन अन्तर्गतको हुलास स्टीलले अष्ट्रेलियन प्रविधिको कोटिङ प्रयोगमा ल्याएर उत्पादित यो नयाँ कर्कटपाता बजारमा हुलास डुराकलर ब्राण्डमा पाइने उल्लेख छ । सन १९८१ मा स्थापना भएको हुलास स्टीलले मुलुकमा पहिलोपटक जापानिज प्रविधिबाट ग्याल्भानाइज कर्कटपाता उत्पादन थालेको हो । १९८९ मा रंगिन कर्कटपाता उत्पादन थालेको कम्पनीले गल्भालुम र हुलास ड्युराकलर अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया