ग्यास बिक्रेता महासंघमा अर्याल

काठमाडौं । ग्यास बिक्रेता महासंघ नेपालको अध्यक्षमा ज्ञानेश्वर अर्याल निर्वाचित भएका छन । महासंघको चौथो महाधिवेशनबाट अध्यक्षमा अर्यालसहित वरिष्ठ उपाध्यक्षमा चन्द्र थापा निर्वाचित भएका हुन । त्यस्तै महासचिवमा विनोद काफ्ले, सचिवमा लालबहादुर केसी र कोषाध्यक्षमा राजेश दाहाल निर्वाचित भएका छन । अर्याल महासंघका पुर्वअध्यक्ष समेत हुन । पदाधिकारीमा अधिकांश निवर्तमान कार्यसमितिकै सदस्यहरु दोहोरिएका छन । खाना पकाउने ग्यासको बिक्री वितरण सहज बनाउने उद्देश्यले ७ वर्षअघि महासंघ स्थापना भएको थियो ।

प्रतिक्रिया