मुक्तिनाथ विकास बैंकको ‘नारी विशेष अफर’

काठमाडौ । मुक्तिनाथ विकास बैंकले अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा ‘नारी विशेष अफर’ ल्याएको छ । यस अफर अन्तरगत १६ देखी २३ फागुनसम्म बैंकको महिला पेवा बचत खाता खोलेमा निशूल्क मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ । यसका लागि ग्राहकले डेबिट कार्डको लागि फरम या आवेदन पनि यहि अफर समय अवधि भित्र दिनु पर्नेछ ।

यस नारी विशेष अफरमा ग्र्राहकले निशूल्क डिम्याट खाता पनि बैंक मार्फत खोली सक्नुपर्ने छ । सबै नारीलाई नारी दिवसको शुभकामना दिन र बचतको प्रोत्साहन गर्न बैंकले यो अफर ल्याएको हो । विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएम बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिग , खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्य बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको बैकले जनाएको छ ।

प्रतिक्रिया