३७ वित्तीय संस्था मर्जरको पखाईमा

काठमाडौं । ३७ बैंक तथा वित्तीय संस्था मजहरु मर्जरको अन्तिम स्वीकृतीमा रहेका छन । राष्ट्र बैंकले हाल मर्जर तथा प्राप्तिको नीतिलाई प्राथमिता नदिएका कारण त्यस्ता संस्थाको मर्जर कार्यले पुर्णता पाउन सकेको छैन । राष्ट्र बैंकका सह–प्रवक्ता नारायण प्रसाद पोखरेलले बैंक तथा वित्तीय संस्थाहरु व्यवसायिक अबसर र आपसमा क्रस होल्डिङ छ भने आफैं मर्जर तथा प्राप्तिका सम्झौता गरेर आउने गरेको बताउका छन । यसअघि मर्जर तथा प्राप्तिमा गएका बैंक तथा वित्तीय संस्था चुक्ता पुँजी पु¥याउन नसकेका कारण राष्ट्र बैंकले सोही अनुसारले प्रक्रिया पुरा गर्न तादरुकता देखाउने गरेको थियो । तर अहिले त्यस्तो अवस्था रहेको छैन ।

हालसम्म राष्ट्र बैंकमा मर्जर तथा पाप्तिको पाइपलाइनमा भएका बैंक तथा वित्तीय संस्थाहरुमध्ये ३३ वटा लघुवित्त, १ वटा वाणिज्य बैंक र ३ वटा विकास बैंक रहेका छन । यी बैंक तथा वित्तीय संस्थामध्ये ४ वटा गत वर्षको पुसदेखि नै मर्जर तथा प्राप्तिको प्रारम्भिक सम्झौता गरी अन्तिम स्वीकृतको पर्खाइमा छन् । मर्जरको स्वीकृतीमा रहेका वित्तीय संस्थाहरुमा धौलागिरी र आँधीखोला लघुवित्त वित्तीय संस्था, युनिक नेपाल र बुद्धज्योति लघुवित्त वित्तीय संस्था, एनआइसी एशिया र स्वदेशी लघुवित्त संस्था, ओमी र ग्रामिण स्यवसेवक लघुवित्त, ग्लोबल आइएमई लघुवित्त र स्पर्श लघुवित्त, विजया लघुवित्त र खप्तड लघुवित्त मर्जर तथा प्राप्तिको अन्तिम स्वीकृतको पर्खाइमा रहेका छन । मर्जर तथा प्राप्तिको सम्झौता गरी राष्ट्र बैंकको अन्तिम स्वीकृतिको पर्खाइमा गरिमा र साहरा विकास बैंक , सिटिजन्स बैंक र तिनाउ मिसन डेभलपमेन्ट, डिप्रोक्स लघुवित्त र नाडेप लघुवित्त रहेका छन् ।

प्रतिक्रिया