सेयर बजारमा भारी गिरावट

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक ७९ दशमलब ७४ प्रतिशतले घटेर २ हजार ४ सय ७४ दशलमव ३९ बिन्दुमा झरेको छ । २०७ कम्पनीको १ करोड ६० लाख १७ हजार ३२२ कित्ता शेयर किनबेच हुँदा आठ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्स चेन्जले जानकारी दिएको छ । कारोबारमा आएको १२ समूहमध्ये ११ समूहको शेयरमा गिरावट आएको छ, भने होटल समूहको शेयर सामान्य बढेको छ । यस समूह ११ दशमलब शुन्य ८ अंकले बढेको हो । यता सबै भन्दा धेरै गुमाउने समूह अन्र्तगत लाईफ इन्स्योरेन्स कम्पनीहरु रहेका छन् । त्यस समूहको शेयर ६ सय ६४ दशमलब ८ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै चन्द्रागिरि हिल्सका लगानीकर्ताहरुले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ८१ प्रतिशतले नाफा आर्जन गरेका छन । सबै भन्दा धरै गुमाउने कम्पनीमा गणपति माइक्रोफाइनान्स कम्पनी रहेको छ । यस कम्पनीको कारोबार आज सात प्रतिशतले घटेको छ ।

सेयर बजारमा आएको गिरावको सम्वन्धमा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रोनियार केही लगानीकर्ताहरुले नाफा बुक गर्न थालेको कारण मात्रै बजार घटेको बताउछन । नेपाल राष्ट्र बैकका अनुसार गत बिहीबार बैंकिङ क्षेत्रमा ८८ अर्ब रुपैयाँ अधिक तरलता रहेको थियो । सो दिन अन्तरबैंक कारोबारको व्याजदर औसतमा शुन्य दशमलव ५३ प्रतिशत थियो । सो दिन अन्तर बैंक कारोबार अधिकतम शुन्य दशमलाव ६५ प्रतिशत पुगेको थियो भने न्यूनतम शुन्य दशमलब ३५ प्रतिशत थियो ।

गत माघ १५ मा बैंकिङ क्षेत्रमा १ खर्ब ७ अर्ब रुपैयाँ अधिक तरलता थियो । अधिक तरलता कम हुँदै गएपछि पुँजी बजारमा यसको नकारात्मक असर परेको आकलन गरिएको छ । बैंकिङ क्षेत्रमा हुने अधिक तरलताले व्यक्तिगत लगानीकर्ता भन्दा पनि संस्थागत लगानीकर्ताले सेयरमा लगानी गरेकोमा अहिले त्यस्तो अवस्था नरहदा पनि बजार घटेको हुन सक्ने अनुमान गरिएको छ । अधिक तरलता भएपछि व्याजदर सस्तो हुने भएकोले व्यक्तिगत लगानीकर्ताले पनि कर्जा लिएर लगानी गर्ने गर्छन् । तर, यस्तो लगानीले नेपालको कुल गार्हस्थ उत्पादनको हाराहारीमा पुँजीकरण भइसकेको बजारमा खासै प्रभाव नपर्ने विश्लेषकहरुको भनाई छ ।

संस्थागत लगानीकर्ताहरुले अधिक तरलताको समयमा संस्था व्याजको फाइदा उठाउँदै ठूलो परिमाणमा कर्जा लिएर लगानी बढाएको कारण केही समय नेप्से अकासिएको थियो । आफूसँग रकम भएका बीमा कम्पनीहरु, बैंक तथा वित्तीय संस्थाहरु, कर्मचारी संचयकोष, नागरिक लगानीकोष जस्ता कोषले लगानी बढाउने भएकोले बजारमा त्यसको असर परेको कारण बढेको बजार अधिक तरलता कम हुँदै गएपछि त्यस्ता संस्थाले सेयर बिक्री गर्न थालेको कारण बजार घटेको हो ।

कोरोनाका उद्योग व्यवसायमा लगानीको वातावरण नहुँदा लगानीकर्ताहरु अल्पकालका लागि सेयर बजारमा प्रवेश गर्दा अर्थतन्त्रका अन्य पाटाहरु समस्यामा पर्दा समेत सेयर बजारमा रौनकता छाएपनि पछिल्लो समय कोरोना विरुद्धको भ्याक्सिन आएसँगै उद्योगी व्यवसायीहरु थप आशावादी बन्दै उद्योग व्यवसायमै पुनरागमन हुन थालेका छन । त्यस्को असर पनि सेयर बजारमा परेको छ । यो सँगैे सेयर बजारका लगानीकर्ताहरु पनि इक्विटी मार्केटभन्दा डिवेञ्चरतर्फ आकर्षित हुन थालेको हुँदा सेयर बजारको रिस्कभन्दा डिवेञ्चरमा पाईने ब्याज आम्दानीमा बढी आकर्षित हुन थालेको कारण बजारमा बियरीस टे्न्ड देखिएको अनुमान गरिएको छ ।

प्रतिक्रिया