२४ वर्षीया सुत्केरीको मृत्यु

प्यूठान । प्यूठानमा एक सुत्केरीको मृत्यु भएको छ । झिमरुक गाउँपालिका–७ तुसाराकी २४ वर्षीया अनिसा एमसीको उपचारका लागि बुटवल लैजाने क्रममा आज (आइतवार) बिहान बाटोमै मृत्यु भएको प्यूठान अस्पतालका निमित्त प्रमुख खिम पार्धेले जानकारी दिएका छन् ।

ती महिलाको गत बिहीवार शल्यक्रिया गरिएको थियो । स्वास्थ्यमा थप समस्या आएपछि हिजो शनिवार साँझ पुनःशल्यक्रिया गरिएको थियो । उनीको शल्यक्रियापछि पनि समस्या बढ्दै गएपछि बिहान २ बजे बुटवल पठाइए पनि भालुवाङ पुग्दा मृत्यु भएको प्रमुख पार्धेले बताए । नवजात शिशु सकुशल रहेको र आफन्तको जिम्मा लगाइएको छ । सुत्केरीको शव अहिले प्यूठान अस्पतालमा ल्याइएको पनि उनले जानकारी दिए । – रासस

प्रतिक्रिया