घट्याे सुनको मूल्य

काठमाडौ । स्थानीय बजारमा आज सुनको मूल्य ५०० रुपैयाँलेले ओरालो लागेको छ । अघिल्लो साता पनि ओरालो लागेको सुन आज साताको पहिलो दिन नै तोलामा रु ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ८८ हजार ३०० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा ८८ हजार ८०० रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा ८७ हजार ८५० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । शुक्रबार तेजाबी सुन तोलामा रु ८८ हजार ३५० रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै चाँदी आज तोलामा १० रुपैयाँले घटेको छ । शुक्रबार तोलामा एक हजार ३३५ रुपैयाँमा कारोवार भएको चाँदी आज भने एक हजार ३२५ रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

प्रतिक्रिया