वर्ल्डलिंकको सद्भावना दूतमा श्रृखला खतिवडा

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडको सद्भावना दूतमा पूर्वमिस नेपाल श्रृखला खतिवडा नियुक्त भएकी छिन् ।

खतिवडा आर्किटेक्चर इन्जिनियरिङमा आफ्नो ब्याचको टपर र समाजसेवामा समर्पित देशकै चर्चित व्यक्तित्वमध्ये भएकीले उनीसँगको सहकार्य प्रेणादायी हुने वर्ल्डलिंकले बताएको छ ।

विश्वस्तरीय इन्टरनेट सेवा दिन वर्ल्डलिंक सधैं प्रयासरत रहेको वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले बताए ।

प्रतिक्रिया