प्रधानमन्त्री ओली झापा जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज झापा जाँदै छन् । विकास–आयोजनाहरू शिलान्यास गर्न प्रधानमन्त्री ओली झापा जान लागेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री बिहान झापा पुगेर दिनभर जिल्लाका विकास आयोजनाहरूको शिलान्यास गर्ने र बेलुका फर्कने कार्यक्रम छ ।

सरकार बनेयता ठूलो मात्रामा झापामा बजेट परिचालन गरिएको छ । प्रधानमन्त्रीले विकास बजेट एकोहोर्‍याएको भन्दै आलोचना पनि भइरहेको छ । तथापि, प्रधानमन्त्रीले झापालाई ग्राह्यता दिँदै आएका छन् ।

प्रतिक्रिया