सिद्घार्थ बैंकका ग्राहकहरुलाई छुट

काठमाडौ । सिद्धार्थ बैक लिमिटेडका ग्राहकलाई दरबारमार्ग, लाजिम्पाट तथा पोखराको लेकसाइड स्थित त्रिसारा रेष्टुरेन्ट एण्ड बार प्रालि बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकले पोखरा र काठमाडौंमा रहेको त्रिसारा रेष्टुरेन्टमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिग, इन्टरनेट बैैंकिग मार्फत खाना तथा बेबरेजका लागि भुक्तानी गर्दा १० प्रतिसत सम्मको छुट प्राप्त गर्न सक्नेछन ।

यो सुविधाले ग्राहकलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिग, इन्टरनेट बैंकिग, लगायतका डिजिल बैंकिग माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न विभिन्न समयमा ग्राहकमैत्री सुविधा तथा क्यासब्याक योजना सञ्चालनमा ल्याउँदै आएको पनि विज्ञपितमा उल्लेख छ ।

प्रतिक्रिया